You are here
Home > समाचार > मुख्य समाचार > डीएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

डीएसपीको कुर्सीमा बस्ने भारतीय नागरिक जेल चलान

२ असार २०७६, सोमबार १२:०८

काठमाडौँ -डीएसपीको कुर्सीमा  बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने एक भारतीय नागरिक जेल चलान भएका छन् ।

इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रमुख (डीएसपी) को कुर्सीमा बसेर सामाजिक सञ्जाल फेसबुकमा पोष्ट गर्ने म्यानपावर व्यवसायी पुर्पक्षका लागि जेल चलान भएका हुन् ।

भारतको बैङ्ग्लोर घर भई हाल झापाको बिर्तामोड नगरपालिका बस्दै आएका २५ वर्षीय हर्कराज भन्ने युसमान डाइनियल गुरुङलाई अदालतले आइतबार पुर्पक्षको लागि आदेश दिएको हो ।

महानगरीय प्रहरी परिसर काठमाण्डुका प्रवक्ता होविन्द्र बोगटीका अनुसार डीएसपीको कुर्सीमा बसेको तस्बिर फेसबुकमा पोष्ट गरेर सार्वजनिक भएपछि गुरुङमाथि साइबर क्राइम अन्तर्गत मुद्दा चलाइएको थियो ।

डीएसपीको कुर्सीमा अर्कै मान्छे बसेको तस्बीरसहित समाचार सार्वजनिक भएपछि तत्कालिन इप्रका बिर्तामोडका प्रमुख डीएसपी सुवास खड्का विभागीय कारबाहीमा परेका छन् ।

गुरुङले सो क्षेत्रमा डीएसपी खड्का बस्ने कुर्सीमा बसेको फोटो खिची ‘म प्रहरीको मान्छे हुँ’ भन्दै धम्क्याउने आएका थिए ।