You are here
Home > समाचार > मुख्य समाचार > कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

कांग्रेसको अवरोधपछि संसद बैठक स्थगित

३ असार २०७६, मंगलवार १३:२७

काठमाडौं – प्रतिनिधिसभाको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्न लाग्दा काँग्रेस सांसदले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ । कांग्रेस सांसदले नाराबाजी गरेपछि बैठक बुधबार ११ बजेसम्मका लागि स्थगित भएको सभामुख कृष्ण बहादुर महराले घोषणा गरेका हुन् । 

संसद बैठक सुरु भएको घोषणा गरेपछि काँग्रेस सांसदले आफ्नो ठाउँबाट उठेर बोल्न समय माग गरेका थिए । तर सभामुखले पहिला प्रधानमन्त्रीको कुरा सुन्ने र प्रतिपक्षीलाई समय दिइने बताएका थिए । 

तर काँग्रेस सांसदले सभामुखको आग्रहलाई अस्वीकार गर्दै रोस्टम घेराउ गर्दै चर्को नाराबाजी गरेका थिए । उनीहरुले संसदको सर्वोच्चता कायम गरिनुपर्ने, प्रतिपक्षीलाई बोल्न समय दिइनुपर्ने लगायत माग गर्दै चर्को नाराबाजी गरेका थिए ।