You are here
Home > राजनीति > प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ

प्रधानमन्त्रीले सम्बोधन गर्न खोज्दा कांग्रेसद्वारा रोष्ट्रम घेराउ

३ असार २०७६, मंगलवार १३:३१

काठमाडौं  -प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्न लाग्दा रोष्ट्रम घेराउ गरेको छ।

प्रधानमन्त्री ओली सम्बोधनका लागि गइसकेको अवस्थामा कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेका हुन्।

यसअघि कांग्रेसले प्रधानमन्त्री ओलीभन्दा  पहिला आफ्ना संसदीय दलका नेताले बोल्न पाउनु पर्ने माग गरेको थिए।

प्रतिनिधिसभा संसदमा मंगलबार बिहान ११ बजे प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम तय भए पनि प्रतिपक्षी दलका मागका कारण ढिलाइ भएको थियो।

कांग्रेसले सभामुख कृष्णबहादुर महरालाई भेटेर संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्रीभन्दा पहिला बोल्न दिनुपर्ने माग गरेको थियो।

कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले गुठी विधेयकलगायत समसामयिक राजनीतिक घटनाक्रमका विषयमा संसदीय दलका नेताले सदनमा बोल्न पाउनु पर्ने माग सभामुखलाई भेटेरै जानकारी गराएको बताइन्।

आफ्ना नेतालाई बोल्न समय नदिने भए सदन अवरुद्ध गर्ने कांग्रेसको चेतावनी थियो। बैठक सुरू हुनासाथ प्रधानमन्त्रीलाई बोल्न समय दिएपछि कांग्रेस सांसदहरूले रोष्ट्रम घेराउ गरेर संसदीय मर्यादा कायम गर भन्दै नाराबाजी गरिरहेका छन्।