You are here
Home > समाचार > कैँची प्रहार गरी कृष्णले गरे श्रीमती मिनाको हत्या

कैँची प्रहार गरी कृष्णले गरे श्रीमती मिनाको हत्या

३ असार २०७६, मंगलवार १३:४०

डोटी-दिपायल सिलगढी नगरपालिका– ३ मा श्रीमानले आफ्नै श्रीमतीको हत्या गरेका छन् । ४५ वर्षीय कृष्ण नेपालीले श्रीमती ४० वर्षीया मिना नेपालीलाई लुगा काट्ने कैँची प्रहार गरी हत्या गरेका हुन् ।

सोमबार राति घरायसी कुरामा विवाद हुँदा कृष्णले मिनाको घाँटी र ढाडमा कैँची प्रहार गरी विभत्स हत्या गरेको इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव निरीक्षक कमलापती पन्तले जानकारी दिएका छन् । कृष्णलाई प्रहरीले पक्राउ गरी अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय दिपायलले जनाएको छ ।