You are here
Home > समाचार > मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झडप, एक प्रहरी घाइते

मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा झडप, एक प्रहरी घाइते

३ असार २०७६, मंगलवार १३:४३

काठमाडौं -मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतको नवौं स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा विद्यार्थी र प्रहरीबीच झडप भएको छ। झडपका क्रममा एक प्रहरी जवानसहित केही विद्यार्थी घाइते भएका छन् ।

स्थापना दिवसको अवसरमा विश्वविद्यालयले टि-सर्ट लगाउने बहानमा निजी कलेजको विज्ञापन गरेको भन्दै विद्यार्थीहरु आन्दोलनमा उत्रिएका हुन् । उनीहरुले विश्वविद्यालय कार्यक्रम स्थलमै नाराबाजी र ढुङ्गामुडा गरेका छन् । काठमाडौँको राजधानी मोडेल कलेज र जेभिएर इन्टरनेशन कलेजको टि–सर्ट्मा विज्ञापन गरेको भन्दै विद्यार्थीहरुले आन्दोलन गरेका हुन् ।

प्रहरीले विद्यार्थीहरुको आन्दोलनलाई तितरबितर पार्न खोजेपछि झडप भएको छ । झडपका क्रममा एक जना प्रहरी घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख वसन्त रजौरेका अनुसार घाइते हुनेमा प्रहरी जवान सुरेन्द्र महत्त रहेका छन् । महतको प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको छ । आन्दोलनमा सहभागी दर्जन बढी विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यसै बिच आन्दोलनरत विद्यार्थीहरुले राजधानी कलेजले सौजन्य गरेको दुई बोरा टिर्सट नियन्त्रणमा लिएका छ्न् । पदाधिकारीहरुले विद्यार्थी बिनै बन्द कोठामा नवौं स्थापना दिवश मनाई रहेका छन् । कार्यक्रम भैरहेको सभाहलमा विद्यार्थीहरुलाई प्रवेश निधेष गरिएको छ ।

यता आन्दोनरत विद्यार्थीहरुले भने गिरफ्तार गरिएका विद्यार्थीहरुलाई तत्काल बिनासर्त रिहा नगरे सुर्खेत बन्द गर्ने चेतावनी दिएका छन् ।