You are here
Home > समाचार > कर्णाली नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

कर्णाली नदीमा जीप खस्यो, सबै यात्रु बेपत्ता

३ असार २०७६, मंगलवार १६:२६

सिमकोट-हुम्लाको खार्पुनाथा गाउँपालिका ५ को बेडबिसौना र कैलेवालु सडकखण्डमा बोलेरो जीप दुर्घटना भएको छ।  मंगलबार जीप कर्णाली नदीमा बेपत्ता भएको याक्चु प्रहरीलाई उद्धृत गर्दै साहयक प्रमुख जिल्ला अधिकारी महेशकुमार पोखरेलले जानकारी दिए। 

उनका अनुसार सिमकोटदेखि खार्पुनाथ गाउँपालिकाको केन्द्र याँचुतर्फ जाँदै गरेको जीप कर्णाली नदीमा खसेको हो। जीपमा खार्पुनाथ गाउँपालिकाका उपाध्यक्ष सिन्धु शाहीसहित १६ जना सवार रहेको अनुमान गरिएको छ। जीपमा सवार सबैजना बेपत्ता भएका छन्। उद्धारकार्य जारी छ। 

कर्णाली नदीमा खसेको गाडीमा खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धुसहित आठजना रहेको अनुमान गरिएको छ।