You are here
Home > समाचार > होटलमा नौ वटा ग्याँस सिलिण्डर विष्फोट

होटलमा नौ वटा ग्याँस सिलिण्डर विष्फोट

५ असार २०७६, बिहीबार ०८:४८

धनुषा-धनुषामा आज विहानै तीन वटा होटलमा भिषण आगालागी भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२ कदम चोकमा बिहीबार बिहान आगलागीका कारण होटलमा राखिएको ग्याँस सिलिण्डर पड्किँदा तीन वटा होटल जलेर खरानी भएका छन् ।

कदम चोकस्थित गोविन्द मिष्ठान्न भण्डारमा शुरुमा आगलागी भएको थियो । आगलागीमा परेर ग्याँस सिलिण्डर पड्किँदा छेउका अन्य दुई होटल समेत जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जानकारी दिएको छ ।

होटेलभित्र एकै ठाउँमा राखिएका नौं वटा खाना ग्याँस सिलिण्डर क्रमशः विष्फोट भए पनि मानवीय क्षति भने हुन पाएन । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।