You are here
Home > समाचार > विप्लवका जिल्ला कमान्डहरु पक्राउ

विप्लवका जिल्ला कमान्डहरु पक्राउ

५ असार २०७६, बिहीबार १३:५७

काठमाडौं -नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेकपाका जिल्ला कमान्डहरु काठमाडौंबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा रामेछाप जिल्ला इन्चार्ज कुलदीप तामाङ, दोलखा जिल्ला इन्चार्ज यादव दाहाल र दोलखा जिल्ला सेक्रेटरी निशान जिरेलसहित पाँच जना रहेको प्रहरीले जनाएको छ । उनीहरुलाई काठमाडौं र भक्तपुरबाट पक्राउ गरिएको हो । पक्राउ परेकाको साथबाट प्रतिबिन्धत नेत्रविक्रम चन्द नेतृत्वको विप्लव समूहको पर्चा भेटिएका छन् ।

समूहले बिहीबार साँझ उपत्यकामा राँके जुलुस निकाल्ने घोषणा गरेको थियो । त्यही क्रममा उनीहरु उपत्यका छिरेको हुनसक्ने आशंका गरिएको छ । यद्यपि, पक्राउ परेकाहरुले प्रहरीसँग इन्कारी बयान दिएका छन् ।