You are here
Home > समाचार > सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

सर्लाहीमा प्रहरी र विप्लव समूहबीच भिडन्त, जिल्ला इञ्चार्ज मारिए

५ असार २०७६, बिहीबार १६:३४

काठमाडौं-प्रहरी र नेकपा विप्लव समूहबीच सर्लाहीमा भिडन्त भएको छ । लालबन्दीमा भएको भिडन्तमा एक जनाको मृत्यु भएको प्रहरी प्रवक्ता विश्वराज पोखरेलले पुष्टि गरेका छन्।

मृतक विप्लव समूहका सर्लाही इञ्चार्ज हुन् । पोखरेलका अनुसार सिन्धुली जाने बाटोमा गस्तीमा रहेको प्रहरी टोलीमाथि लालबन्दी नगरपालिका– १ मा विप्लव समूहका कार्यकर्ताले आक्रमण गरेका थिए ।

मोरसाइकलमा आएको समूहले कटुवा पेस्तोलबाट गोली चलाएपछि प्रहरीले जवाफी फायरिङ गरेको थियो ।