You are here
Home > मनोरञ्जन > शम्भु राईले हाले प्रकाश सपुतविरुद्ध मुद्दा

शम्भु राईले हाले प्रकाश सपुतविरुद्ध मुद्दा

६ असार २०७६, शुक्रबार १२:०२

काठमाडौं -गीतकार तथा संगीतकार शम्भु राईले आफ्नो गीत चोरी भएको दाबी गर्दै प्रकाश सपुतविरुद्ध मुद्दा हालेका छन् 

चर्चित गीत गलबन्दी आफ्नो ‘आऊ नाचौं साथी हो’ भन्ने गीतको कपी भएको दाबी गर्दै सपुतविरुद्ध मुद्दा दर्ता गराएका हुन् । राईले बिहीबार प्रकाश सपुतविरुद्ध प्रतिलिपि अधिकार रजिस्ट्रार कार्यालयमा मुद्दा दर्ता गराएको राईले जानकारी दिए ।

आफूले प्रकाश सपुतसँग सहमतिका लागि प्रयास गरे पनि दोस्रो पक्ष तयार नभएकोले कानूनी उपचारको बाटो खोजेको उनको भनाइ छ ।