You are here
Home > समाचार > धादिङ जीप दुर्घटना : ज्यान गुमाउने पाँच पुगे

धादिङ जीप दुर्घटना : ज्यान गुमाउने पाँच पुगे

६ असार २०७६, शुक्रबार १५:०४

धादिङ– धादिङको गल्छी गाउँपालिका– ६ स्थित बाझगाउँमा भएको बोलेरो जीप दुर्घटना मृत्यु हुनेको संख्या पाँच पुगेको छ । गल्छी गाउँपालिका–५ को सिरुवारीबाट बैरेनीबजारतर्फ आइरहेको बा १८ च ९४०८ नम्बरको जीप दुर्घटनामा परेको थियो ।

गाउँबाट तरकारी बोकेर जीप बैरेनीतर्फ आइरहेको बेला सडकबाट खसेर दुर्घटना भएको प्रहरीले जानकारी दिएको छ । दुर्घटना के कारणले भयो यसबारे अनुसन्धान भइरहेको प्रहरी चौकी बैरेनीका सइ जनक बस्नेतले बताएका छन् ।

दुर्घटनामा मृत्यु हुनेमा गल्छी गाउँपालिका ६ का नानु तामाङ, सोही ठाउँका कान्छी भुजेल, गल्छी गाउँपालिका ४ कासेते मिजार, सोही ठाउँका २५ वर्षीय राजु रम्तेल हुन् । यस्तै ठेगाना नखुलेको समीक्षा अधिकारीको उपचारका लागि काठमाडौं लैजाँदै गर्दा बाटोमा मृत्यु भएको हो ।

दुर्घटनामा परी अन्य १० जना यात्रु घाइते भएका छन्