You are here
Home > समाचार > निर्मला हत्याकाण्डः यातनाविरुद्ध मुद्दा दायर

निर्मला हत्याकाण्डः यातनाविरुद्ध मुद्दा दायर

६ असार २०७६, शुक्रबार २०:३४

कञ्चनपुर-बलात्कारपछि हत्या गरिएकी कञ्चनपुर भीमदत्तनगरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्याकाण्डमा पाँच जना प्रहरीविरुद्ध मुद्दा दर्ता भएको छ । निर्मला हत्याकाण्डमा गत मंसिर १९ गते पक्राउ परेका भीमदत्त नगरपालिका–१८ सालघारीका १६ वर्षीय विशाल चौधरीले मुद्दा दर्ता गरेका हुन् । विशाललाई प्रहरीले १७ दिन हिरासतमा राखेर रिहा गरिसकेको थियो ।

प्रहरी हिरासतबाट छुटेको ६ महिनापछि उनले अधिकारकर्मीको सहयोगमा यातनाविरुद्धको उजुरी दिएका हुन् ।

विशालले हिरासतका बेला यातना दिएको भन्दै तत्कालीन प्रहरी प्रमुख कुबेर कडायतसहित अनुसन्धानमा खटिएका प्रहरी नायब निरीक्षक प्रवक्ता कृष्ण राज ओझा, विशेष अनुसन्धानका लागि खटिएकी एसपी दुर्गा सिंह चन्द र नाम नखुलाइएका अन्य दुई जना प्रहरीविरुद्ध उजुरी दर्ता गरिएको स्रोतले जनाएको छ ।