You are here
Home > राजनीति > नेल लगाएर रेशम चौधरीको वीर अस्पतालमा उपचार

नेल लगाएर रेशम चौधरीको वीर अस्पतालमा उपचार

६ असार २०७६, शुक्रबार २०:३७

काठमाडौं, ६ असार :  संघीय संसदका निलम्बित सांसद रेशम चौधरीको फोक्सो र बोनम्यारोमा समस्या देखिएपछि वीर अस्पताल भर्ना भएका छन् । चौधरीलाई प्रहरीले बिहीबार साँझ पाँच बजे वीरमा भर्ना गरेको हो ।

उनका आफन्ताहरुका अनुसार चौधरी बस्न र उठ्न सक्ने अवस्थामा छैनन् । प्रहरीले चौधरीलाई अस्पतालको शैयामै नेलले बाँधेर राखेका छन् । चौधरीलाई स्वास फेर्न र हिँडडुल गर्न गाह्रो भएकाले अस्पताल भर्ना गरिएको रेशमका भाइ मिठुलालले बतए ।

गत फागुनमा टीकापुर घटनाको आरोपमा पुर्पक्षका लागि थुनामा रहेका सांसद चौधरीसहित ११ जनालाई सर्वोच्च अदालतले जन्मकैदको फैसला सुनाएको थियो।

चौधरी ०७२ भदौ ७ गते ९ जनाको ज्यान जाने गरी भएको घटनामा दोषी ठहर भएपछि उनी सांसदबाट निलम्बित भएका थिए । चौधरी कैलाली क्षेत्र नम्बर १ का निर्वाचित सांसद हुन्।

चौधरीले भूमिगत रहकै अवस्थामा राष्ट्रिय जनताका पार्टीको तर्फबाट सांसदको उम्मेदवारी दिएर विजयी प्राप्त गरेका थिए ।

तस्बिर :- सामाजिक सञ्जाल