You are here
Home > राजनीति > सर्लाही घटनाको अनुसन्धान राष्ट्रिय मानवअधिकार आयोगले गर्ने

सर्लाही घटनाको अनुसन्धान राष्ट्रिय मानवअधिकार आयोगले गर्ने

७ असार २०७६, शनिबार ११:०३

काठमाडौं-राष्ट्रिय मानवअधिकार आयोगले सर्लाहीमा दोहोरो मुठभेडको क्रममा बिहीबार प्रहरीको गोली लागि मृत्यु भएका नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका जिल्ला इञ्चार्ज कुमार पौडेल घटनाको सत्य–तथ्य अनुसन्धान गर्ने भएको छ ।

आयोगका प्रवक्ता वेदप्रसाद भट्टराईले शक्रबार विज्ञप्ति जारी गरी त्यस घटनाको सत्य तथ्य अनुसन्धान तथा अनुगमन गर्न केन्द्रीय कार्यालय एवम् प्रदेश नम्बर–२ कार्यालयबाट टोली खटाइएको जानकारी दिएका छन् । टोलीले घटनाको अनुसन्धान तथा अनुगमन गरी आयोगलाई प्रतिवेदन बुझाउने छ ।