You are here
Home > समाचार > कुमार पौडेल मुठभेडमै मारिएको गृहमन्त्री थापाको दाबी

कुमार पौडेल मुठभेडमै मारिएको गृहमन्त्री थापाको दाबी

९ असार २०७६, सोमबार १०:३०

काठमाडौं – गृहमन्त्री रामबहादुर थापा ‘बादल’ नेत्रविक्रम चन्द ‘विप्लव’ नेकपा सर्लाही जिल्ला इन्चार्ज कुमार पौडेलको मृत्यु प्रहरीसँग मुठभेडमै भएको दाबी गरेका छन्।

आज (सोमबार) बिहान संसदको राज्यव्यवस्था समितिको बैठकमा मन्त्री थापाले पौडेल प्रहरीसँगको मुठभेडमै मारिएको जिकिर गरेका हुन्।

यही असार ५ गते दिउँसो सर्लाहीको लालबन्दी नगरपालिका वडा नम्बर १ लखनदेही नदी नजिक जंगलमा प्रहरीको गोलीबाट मारिएका थिए।

पूर्वगृहमन्त्री जनार्दन शर्माले भने गृहमन्त्री थापाको जवाफमा विश्वास गर्न नसकिने बताएका छन्।