You are here
Home > राजनीति > विप्लवको बन्दः काठमाडौंमा आंशिक प्रभाव, कैलालीमा बम विस्फोट

विप्लवको बन्दः काठमाडौंमा आंशिक प्रभाव, कैलालीमा बम विस्फोट

१० असार २०७६, मंगलवार ०८:२८

काठमाडौं –नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको काठमाडौंमा आंशिक प्रभाव परेको छ ।

राजधानीका सडकमा दिनहुँजसो भन्दा कम सवारीसाधन चलेका छन् । चलेका सार्वजनिक सवारीमा यात्रुको भीड छ । बजार पसल पनि औसतभन्दा कम खुलेको छ ।

गौरीगंगा नगरपालिकाको कार्यालयमा बम विस्फोट

कैलालीमा बम विस्फोट भएको छ । जिल्लाको गौरीगंगा नगरपालिकाको कार्यालयमा मंगलबार विहान ४ बजे बम विस्फोट भएको कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । विस्फोटका कारण ठूलो क्षति भएको छैन ।

त्यस्तै नुवाकोटको विदूर नगरपालिकामा पनि बम विस्फोट भएको समाचार छ ।

केही दिनअघि सर्लाहीमा पार्टीका जिल्ला इञ्जार्ज कुमार पाैडेलको हत्याको विराेधमा नेकपाले नेपाल बन्द गरेको जनाएको छ ।