You are here
Home > राजनीति > विप्लवको बन्द: जावलाखेलमा बम भेटियो

विप्लवको बन्द: जावलाखेलमा बम भेटियो

१० असार २०७६, मंगलवार ०८:३१

काठमाडौं -आफ्ना कार्यकर्ताको हत्या भएको भन्दै नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभर देखिन थालेको छ । ठाउँठाउँमा बम भेटिएको छ । केही ठाउँमा बम विस्फोट भएको छ ।

बन्द आह्वान गरेको दिन मंगलबार बिहान ललितपुरको जावलाखेलमा प्रेसर कुकर बम भेटिएको छ । बम नेपाली सेनाले डिस्पोज गरेको छ । त्यस्तै, मोरङको बूढीगंगामा पनि बम भेटिएको छ ।