You are here
Home > राजनीति > प्रतिबन्धित नेकपाका लमजुङ सेक्रेटरी पक्राउ

प्रतिबन्धित नेकपाका लमजुङ सेक्रेटरी पक्राउ

१० असार २०७६, मंगलवार ११:२६

कास्की -नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका लमजुङका जिल्ला नेता पोखरामा पक्राउ परेका छन् । प्रतिबन्धित नेकपाका लमजुङ सेक्रेटरी विनोद सोनामलाई कास्की प्रहरीले पोखरा महानगरपालिका–४ सिद्धाचोकबाट गए राति पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय प्रमुख एवं प्रहरी उपरीक्षक दानबहादुर कार्कीले बताए ।

 पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक कार्कीले बताए ।  यसैबीच आज बिहान पोखरा महानगरपालिका–१४ चाउथेमा फेला परेको शङ्कास्पद वस्तुलाई डिस्पोज गरिएको प्रहरीले जनाएको छ ।