
नवलपुर -नवलपुरको कावासोती नगरपालिकाका उपमेयर प्रेम शंकर मर्दनियाले प्रयोग गर्दै आएको गाडीमा आगजनी भएको छ ।
मोटरसाइकलमा आएका दुईजनाले उपमेयर चढ्ने लु१झ ३२१ नम्बरको गाडीमा पेट्रोल छर्केर आगो लगाएर भागेका थिए । उपमेयर मर्दनियाको निजी निवासमा पार्किङ गरेर राखेको गाडीमा आगजनी भएको हो ।
आगजनीबाट गाडीको पछाडिको भागमा सामान्य क्षति पुगेको जिल्ला प्रहरी कार्यालय नवलपुरले जानकारी दिएको छ ।