You are here
Home > अर्थ/बजार > करिब १९ लाखसहित मुड्खु भज्याङ्बाट ५ जना पक्राउ

करिब १९ लाखसहित मुड्खु भज्याङ्बाट ५ जना पक्राउ

१० असार २०७६, मंगलवार १६:३२

काठमाडौं-बालाजु प्रहरीले सोमबार राती करिब १९ लाखसहित ५ जनालाई पक्राउ गरेको छ । कौडा खेलिरहेको अवस्थामा पाँचै जनालाई मुड्खु भज्याङ्बाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेहरुमा काभ्रे बनेपाका राज तामाङ, उदयपुर गाइघाटका विमल कार्की, उदयपुर गाइघाटका दिपक राई, नुवाकोट तारकेश्वरका अशोक तामाङ र संखुवासभाका राजु ब्लोन रहेका छन् । मुड्खुबाट १८ लाख ८७ हजार र दुई थान कौडासहित ५ जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी वृत्त बालाजुका प्रमुख डीएसपी बाल नरसिंह राणाले पुष्टि गरे । 

विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको डीएसपी राणाले जानकारी दिए ।