You are here
Home > समाचार > विदेशी टेलिभिजन च्यालन बन्द गर्ने विरुद्ध सीआईबीमा उजुरी

विदेशी टेलिभिजन च्यालन बन्द गर्ने विरुद्ध सीआईबीमा उजुरी

१० असार २०७६, मंगलवार १६:३९

काठमाडौं-सरकारले लागू गर्न थालेको ‘क्लिन फीड’ नियमको विरुद्धमा २४ घन्टा विदेशी च्यालन बन्द गरेका इन्टरनेट तथा केबल टीभी सेवा प्रदायकविरुद्ध प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ‘सीआईबीमा उजुरी परेकाे छ ।

मञ्चले सुविसु केवल नेट प्रालिका सञ्चालक सुधिर पराजुली र वागेश्वरी केवल टेलिभिजन प्रालिका सञ्चालक लक्ष्मीनारायण शाहविरुद्ध उजुरी दर्ता गरेको हो ।मञ्चका उपमहासचिव अधिवक्ता विष्णुप्रसाद तिमिल्सिनाले उजुरी दर्ता गरेका हुन् ।

उपभोक्ता हित संरक्षण मञ्चले सार्वजनिक सेवा बन्द गरेर उपभोक्ताको अधिकार हनन भएको भन्दै वागेश्वरी टेलिभिजन प्रालि नेपालगञ्जका प्रमुख लक्ष्मीनारायण शाह र सुुबिसु केवल नेटका प्रमुख सुधिर पराजुलीविरुद्ध सीआईबीमा उजुरी दिएकाे हाे ।

नेपाल केवल टेलिभिजन महासंघले क्लिन फिड लागू गर्ने सरकारको तयारीविरुद्ध सांकेतिक आन्दोलन गर्दै सोमबार दिउँसो तीन बजेदेखि विदेशी च्यानलहरु २४ घण्टाका लागि प्रसारण बन्द गरेको छ । च्यानलहरु मंगलबार दिउँसो तीन बजेपछि मात्र खुल्नेछन् ।

दर्ता नै नभएको इन्टरनेट तथा टेलिभिजन प्रदायक संघको नामबाट उपभोक्ताको अधिकार हनन भएको र विदेशी टिभी च्यानल बन्द गरेर अरबौँको नोक्सान गरेकोले उजुरी गरिएको पनि उपभोक्ता हित संरक्षण मञ्चले जनाएको छ ।