You are here
Home > राजनीति > लागुऔषध ओसारपसार नेपालका लागि चुनौतीः गृहमन्त्री

लागुऔषध ओसारपसार नेपालका लागि चुनौतीः गृहमन्त्री

११ असार २०७६, बुधबार १३:०२

काठमाडौं -गृहमन्त्री रामबहादुर थापा बादलले लागुऔषध दुरुपयोग तथा ओसारपसार नेपालका लागि पनि चुनौतीपूर्ण बन्दै गएको बताएका छन्।

लागुऔषध दुरुपयोग तथा ओसारपसार विरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसरमा बुधबार काठमाडौंको राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमलाई सम्बोध गर्दै मन्त्री थापाले विश्वव्यापी समस्याको रूपमा रहेको लागुऔषध दुरुपयोगको समस्या नेपालका लागि पनि चुनौतीपूर्ण रहेको बताएका हुन्।

लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा सरकारका प्रयाय पर्याप्त नहुनु र खुल्ला सिमानाका कारण पनि यसको प्रयोग र ओसारपसार नियन्त्रण चुनौतीपूर्ण रहेको उनको भनाइ थियो। गृहमन्त्री थापाले भने, ‘लागुऔषध समस्या र अन्तरनिहित चुनौतिको तुलनामा हाम्रा प्रयासहरू पर्याप्त छैनन्। नेपालको भौगोलिक परिस्थिति, खुल्ला सिमानाका कारण पनि लागुऔषध दुरुपयोग र ओसारपसारको समस्या चुनौतीपूर्ण रहिआएको छ।’