You are here
Home > प्रशासन > घुससहित डिभिजन अधिकृत र सूचना अधिकारी पक्राउ

घुससहित डिभिजन अधिकृत र सूचना अधिकारी पक्राउ

१२ असार २०७६, बिहीबार १३:५७

कञ्चनपुर-अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरबाट खटिएको टोलीले घुस रकम सहित जल स्रोत तथा सिँचाइ विकाश डिभिजन कार्यालय कञ्चनपुरका २ जना कर्मचारीलाई पक्राउ गरेको छ ।

आयोगको टोलीले कार्यालयका डिभिजन अधिकृत अजित कुमार श्रिवास्तव र सूचना अधिकारी गिरिसमा ठगुन्नालाई २ लाख घुस रकम सहित बिहीबार पक्राउ गरेको हो ।

चौधर नदी नियन्त्रण उपभोक्ता समितिका अध्यक्ष मिलन सिंह सँग २ लाख घुस मागेको र उनले घुस बापतको रकम कार्यालयमा बुझाउने क्रममा पक्राउ गरिएको अख्तियारको कञ्चनपुर कार्यालयले जनाएको छ ।