You are here
Home > समाचार > गैंडाको खागसहित ३ जना पक्राउ

गैंडाको खागसहित ३ जना पक्राउ

१२ असार २०७६, बिहीबार १६:४५

काठमाडौं-प्रहरीले गैंडाको खागसहित तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको चुमनुब्री ३, सिर्दिवासका ५३ वर्षीय लालबहादुर गुरुङ मकवानपुर गढी गाउँपालिका २ का अष्टबहादर थिङ्ग र धादिङ महादेववेसी थाक्रे गाउँपालिका ११ का गोविन्द मोक्तान रहेका छन् ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता प्रहरी नायब उपरीक्षक होबिन्द्र बोगटीका अनुसार काठमाडौं-२७, ढल्कुस्थित लालबहादुरको कोठामा तलासी लिँदा खागसहित उनीहरुलाई पक्राउ गरिएको हो । उनले भने, ‘महानगरीय प्रहरी वृत्त, लैनचौरका डीएसपी सन्तोषसिंह राठौरसहितको टोलीले लालबहादुरको कोठामा छापा हानेर ३ जनालाई बुधबार दिउँसो पक्राउ गरेको हो ।’

लालबहादुरको कोठाबाट सेतो सिसाको पत्थरजस्तो देखिने चिज एक थान पनि बरामद भएको बोगटीले बताए । ५५ लाख रुपैयाँमा बिक्री वितरण हुन लागिरहेको सूचनाका आधारमा प्रहरीले कोठामा तलासी लिएको थियो । पक्राउ परेकालाई थप अनुसन्धान तथा कारबाहीको लागि जिल्ला वन कार्यालय, हात्तिसार पठाइएको छ ।