You are here
Home > समाचार > तथ्यहीन समाचारको भ्रममा नपर्न सशस्त्र प्रहरी बलको आग्रह

तथ्यहीन समाचारको भ्रममा नपर्न सशस्त्र प्रहरी बलको आग्रह

१२ असार २०७६, बिहीबार १९:२३

काठमाडौं- सशस्त्र प्रहरी बलका विषयमा प्रकाशित तथ्यहीन समाचारको भ्रममा नपर्न सशस्त्र प्रहरी बल प्रधान कार्यालयले सबैलाई आग्रह गरेको छ ।

सशस्त्र प्रहरी बलका विषयमा विभिन्न सञ्चार माध्याममा प्रकाशित भएको समाचार तथ्यहीन नभएको सशस्त्र प्रहरी बलले विज्ञप्तीमार्फत स्पष्ट पारेको छ।

सशस्त्र प्रहरी बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ,हालका दिनहरुमा सशस्त्र प्रहरी बल, नेपालको विषयमा विभिन्न संचार माध्यममा झुट्टा, कपोकल्पित तथा काल्पनिक समाचारहरु प्रकाशित भएको पाईएको हुँदा यस्ता समाचारबाट आम नागरिकमा भ्रम सृजना हुनुका साथै सुरक्षाकर्मीको मनोबलमा समेत असर परी समग्र शान्तिसुरक्षा तथा सुशासन कायम गर्ने कार्यमा नकारात्मक असर पर्न सक्ने भएको हुँदा समाचार प्रकाशनपूर्व सशस्त्र प्रहरी बल, नेपालका प्रवक्ता वा सूचना अधिकारीबाट समाचार पुष्टी गराउनेतर्फ ध्यान पुर्‌याउनु हुन आग्रह गरिएको छ।

त्यसैगरी इन्धनको कूल बजेट रकमबारे जानकारी नै नलिई दुई वटा गाडीमा मात्रै तीन महिनाको अवधिमा ६ करोड रुपैयाँको इन्धन खर्च भएको सञ्चार माध्यममा समाचार प्रकाशित भएको थियो। जुन कुरा पूर्णरुपमा झुट्टो तथा काल्पनिक भएको सशस्त्र प्रहरी बलका प्रवक्ता डीआइजी सुरजकुमार श्रेष्ठले एक विज्ञप्ती जारी गर्दै दावी गरेका छन् ।

विभिन्न संचार माध्यममा सशस्त्र प्रहरी ऐनको मस्यौदा लगायत दुई वटा गाडीमा तीन महिनामा छ करोड रुपैयाँको इन्धन खर्च भएको तथा सशस्त्र प्रहरी बल, नेपालको फायल गृह मन्त्रालयले फिर्ता पठाएको भन्ने जस्ता विभिन्न कुराहरुमा तथ्यभन्दा बाहिर गई प्रकाशित भएको समाचारप्रति सशस्त्र प्रहरी बलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मस्यौदाको रुपमा रहेको सशस्त्र प्रहरी ऐनको बारेमा समाचार प्रकाशित गर्दै सशस्त्र प्रहरी बल, नेपालको विभिन्न अधिकार थप गर्न खोजिएको समाचार बाहिर आएको छ । जुन अधिकार हालकै सशस्त्र प्रहरी ऐन तथा नियमावलीमा रहेको सशस्त्र प्रहरी बलले जनाएको छ ।