You are here
Home > समाचार > भद्रकालीमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ पक्राउ

भद्रकालीमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ पक्राउ

१३ असार २०७६, शुक्रबार १०:५२

काठमाडौं -केही दिनअघि राजधानीको भद्रकाली मन्दिर परिसरमा युवतीलाई यातना दिने ‘धर्तीमाता’ नामकी महिलालाई प्रहरीले पक्राउ गरेको छ । उनलाई महानगरीय प्रहरी परिसरको टोलीले शुक्रबार बिहान बालाजु क्षेत्रबाट पक्राउ गरेर हिरासतमा लिएको हो ।

महानगरीय प्रहरी कार्यालयकी प्रवक्ता एसएसपी किरण बज्राचार्यले ती महिलालाई पक्राउ गरिएको पुष्टि गरिन्। उनलाई अहिले महानगरीय प्रहरी परिसर टेकुको हिरासतमा राखिएको छ । एसएसपी बज्राचार्यले यसअघि युवतीहरुमाथि काँटीले घोचेको अभियोगमा पक्राउ परेका सन्तोष कार्की र यी महिलालाई शुक्रबारै पत्रकार सम्मेलन गरेर सार्वजनिक गरिने जानकारी दिइन्। 

आफूलाई धर्तीमाता भनेर चिनाउने बुटवलकी विष्णु कुँवरलाई प्रहरीले यसअघि नै हाजिर हुन भनेको थियो। तर उनी उपस्थित नभएपछि प्रहरीलले खोजी थालेको थियो।