You are here
Home > अर्थ/बजार > न्यूयोर्कका कविद्धारा दार्चुलाका बादी समुदायलाई १ लाख ५ हजार आर्थिक सहयोग

न्यूयोर्कका कविद्धारा दार्चुलाका बादी समुदायलाई १ लाख ५ हजार आर्थिक सहयोग

१३ असार २०७६, शुक्रबार ११:४१

काठमाडौं -न्यूयोर्कका कविद्धारा दार्चुलाका बादी समुदायलाई १ लाख ५ हजार आर्थिक सहयोग
अमेरिककाको न्यूयोर्कमा रहेका नेपाली कविहरुले दार्चुलाका बादी समुदायलाई आर्थिक सहयोग गरेको छ।

नेपाली भाषा र साहित्यलाई अन्तराष्ट्रिय क्षेत्रमा जर्गेना गर्ने उदेश्यले स्थापना भएको तारा–किशन फाउण्डेशनले दार्चुलाको शैल्य शिखर नगरपालिका गोकुलेश्वरका बादी समुदायलाई १ लाख ५ हजार आर्थिक सहयोग गरेको हो। शैल्य शिखर नपामा रहेका २४ बादी परिवारका १ सय ९ जनालाई खाद्यान्न वितरण समेत गरिएको तारा–किशन फाउण्डेशनले जनाएको छ।

न्यूयोर्कमा रहेका विभिन्न कविद्धारा संकलन गरिएको सो रकम फाण्डेशननका प्रतिनीधि राजेन्द्र ढकालले नेपाल पत्रकार महासंघ दार्चुला शाखाका अध्यक्ष शंकरसिंह धामीलाई हस्तान्तरण गर्नुभएको छ।

यसैबीच तारा–किशन फाउण्डेशनले कविता बाचन र कविता संग्रह विमोचनको समेत आयोजना गरेको थियो।

नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गङ्गा उप्रेतीको प्रमुख आतिथ्यतामा आयोजना गरिएको सो समारोहको सभापतित्व संघका अध्यक्ष राधेश्याम लेकालीले गरेका थिए ।

लोकार्पण गरिएको कृतिकाबारे साहित्यकार दामोदर पुडासैनी र समालोचक शान्तिमाया गिरीले आआफ्नो मन्तब्य गरेका थिए ।

कार्यक्रममा प्रमुख अतिथि उप्रेती, अध्यक्ष लेकाली, जानुका ढकाल -अमेरिका_ साहित्यकार यादव भट्टराई, संघका महासचिव पुष्पा खनाल र शङ्कर सिह धामीले आआफ्नो मन्तब्य राखेका थिए ।