You are here
Home > राजनीति > कार्ल माक्सको निवासबाटै महरले भन्यो,‘कम्युनिष्ट आन्दोलन कलंकित भयो’

कार्ल माक्सको निवासबाटै महरले भन्यो,‘कम्युनिष्ट आन्दोलन कलंकित भयो’

१३ असार २०७६, शुक्रबार १२:५८

काठमाडौ-नेपाली काँग्रेसका युवा नेता एवं नेविसंघका पूर्व अध्यक्ष नैनसिंह महरले कम्युनिष्ट आन्दोलन जनताका नाममा कलंकित हुँदै गएको बताएका छन्। उनले हाल विश्वभर ५ करोड भन्दा बढी मानिस मारिएकाले अझै मार्ने अभियान जारी रहेको बताएका छन्।

युरोप स्थित कांग्रेसका जनसम्पर्क समितिहरुका विभिन्न देशहरुको कार्यक्रम व्यस्त रहेका महरले मार्क्स जन्मेको घरको अवलोकन पछि जर्मनीको ट्रेरियर शहरको एक कार्यक्रममा बोल्दै मार्क्स एक दार्शनिक भए पनि उनले सोचेको कम्युनिष्ट विचारले संसारको कुनै कुनामा पनि राजनैतिक अधिकार सहितको शान्तिपूर्ण राम राज्य स्थापित हुन नसकेको बताए। कम्युनिष्ट वरदान होईन कि अभिसापका रुपमा परिणत भएको छ उनले भने, ‘मार्क्स जन्मेको देश र शहरमा उनले प्रतिपादित गरेको कम्युनिष्ट विचारधारा धारा शुन्यता छ।’

उनले मार्क्स को देश जर्मनका जनता समेत वर्लिनको पर्खाल जस्तै अव दुनियामा कुनै पनि जनताले कम्युनिस्ट पर्खालको चारदीवारी भित्र वस्नु नपरोस भन्ने पक्षमा रहेको एक अर्को प्रसंगमा महरले भने। अहिले प्रजातान्त्रिक विश्वको युग भएकाले दुनियाको कुनै पनि मुलुक प्रजातान्तिक पद्दती वाट भाग्न नसक्ने बताउदै महरले नेपालको कम्युनिष्ट सर्वसत्तावीदी प्ररभुत्व मिथ्या र क्षणीक भएकाले छिटै पतन हुनुका साथै प्रजातान्त्रिक नेपालमा देशले समृद्धि प्राप्त गर्ने कुरामा ढुक्क रहन विदेशमा रहेका डायस्पोरा नेपाली संग उनले आग्रह गरे।