You are here
Home > समाचार > नागरिक उड्ड्ययन प्राधिकरणको महानिर्देशकमा पोखरेल

नागरिक उड्ड्ययन प्राधिकरणको महानिर्देशकमा पोखरेल

१३ असार २०७६, शुक्रबार २०:०६

काठमाडौं-सरकारले नेपाल नागरिक उड्ड्ययन प्राधिकरणको महानिर्देशकमा राजन पोखरेललाई नियुक्त गरेको छ ।

बिहीबार रातिको मन्त्रिपरिषद् बैठकले पोखरेललाई महानिर्देशकमा नियुक्त गरेको हो । पोखरेल प्राधिकरणका १२ औं तहका ५ उपमहानिर्देशकमध्ये वरिष्ठ थिए ।

यसअघिका महानिर्देशक सञ्जीव गौतम ४ वर्षको कार्याकाल पूरा गरी जेठ १३ गते अवकाश लिएका थिए । गौतमको अवकाशपछि पोखरेल निमित्त महानिर्देशको जिम्मेवारी सम्हालेका थिए । उनले शुक्रबार आफूले महानिर्देशकमा नियुक्त भएको पत्र प्राप्त गरेको जानकारी दिएका छन् ।