You are here
Home > समाचार > सुदूरपश्चिमका प्रमुख सहरमा सिसी क्यामेरा जडान गरिने

सुदूरपश्चिमका प्रमुख सहरमा सिसी क्यामेरा जडान गरिने

१४ असार २०७६, शनिबार ०८:२९

कैलाली-सुदूरपश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री प्रकाश शाहले सुदूरपश्चिमका सबै प्रमुख शहरमा सिसी टिभी क्यामेरा जडान गर्ने बताएका छन्।

सुदूरपश्चिम प्रदेश ट्राफिक कार्यालय अत्तरिया, कैलालीले आज कञ्चनपुरको झलारी बजारमा आयोजना गरेको ट्राफिक सचेतनासम्बन्धी कार्यक्रममा मन्त्री शाहले प्रदेश सरकार सडक सभ्यता एवं शहरी दुर्घटना न्यूनीकरणका लागि आगामी वर्ष बजेट विनियोजन गर्ने बताए । 

सुदूरपश्चिममा सडक दुर्घटना बढिरहेकोप्रति प्रदेश सरकार सचेत रहेको बताउँदै उहाँले त्यसको न्यूनीकरणका लागि प्रमुख शहरमा सिसी टिभी क्यामेराज जडान गर्ने गृहकार्य भइरहेको जानकारी दिए । 

त्यसैगरी कार्यक्रममा शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख दिलबहादुर ऐरले ट्राफिक सचेतना र सवारी दुर्घटना न्यूनीकरणका लागि स्थानीय सरकार आवश्यक सहकार्य गर्न तत्पर रहेको बताए । ‘बढ्दो दुर्घटना न्यूनीकरणका लागि स्थानीय स्तरमा पहल गर्न ट्राफिक प्रहरीसित समन्वय गरेर अघि बढ्छौँ”, उनले भने, “सङ्घीय र प्रदेश सरकार पनि यसबारे गम्भीर हुनु जुरुरी छ ।”

।