You are here
Home > तस्विर > पालुङटार पुगेर ‘हली’ बने बाबुराम (फोटो फिचर)

पालुङटार पुगेर ‘हली’ बने बाबुराम (फोटो फिचर)

१५ असार २०७६, आईतवार १६:११

 काठमाडौं-आज असार १५। धेरै किसानहरूले धार रोप्दै मुलुकभर धान दिवस मनाएका छन्। आजकै दिन धान रोप्दै हिलो खेल्ने चलन पनि छ।

आम किसानमात्र होइन, राष्ट्रिय जीवनका चर्चित पात्रहरू पनि आजका दिन रोपाईँमा रमाउँछन्।

पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले पनि आफ्नो गाउँमा असार गरेको फोटो फेसबुकमा राखेका छन्। उनले आफ्नो पुर्ख्यौली थलोमा रोपाई कार्यक्रममा सहभागी भएर १५ असार मनाए । 

पालुङटार नगरपालिका, खोप्लाङस्थित ज्यतिचौतारामा बाबुराम किसानहरूसँगै रोपाईँमा सहभागी भएको समाजवादी पार्टीका उपमहासचिव विश्वदीप पाण्डेले जानकारी दिए। रोपाई कार्यक्रममा भट्टराईले खेत साउने, बाउसे गर्ने र रोप्ने काम गरे । उनले किसानकै भेषमा छत्रे टोपी सर्ट र हाफ पाइन्ट लगाएर रोपाईमा सहभागी भएका थिए ।