You are here
Home > प्रशासन > विमानस्थलको अध्यागमनका सुब्बा दम्पतिविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

विमानस्थलको अध्यागमनका सुब्बा दम्पतिविरुद्ध डेढ करोड भ्रष्टाचारको मुद्दा

१५ असार २०७६, आईतवार १९:५१

काठमाडौं-अख्तियार दुरूपयोग अनुसन्धान आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका सुब्बा ललितकुमार झा र उनकी श्रीमती सुचिता देवीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अवैध सम्पति आर्जनको मुद्दा चलाइएको छ ।

उनीहरुलाई एक करोड ५६ लाख अकुत सम्पत्ति थुपारेको भन्दै अख्तियारले भ्रष्टाचार मुद्दा दर्ता गरेको हो । २०४० सालदेखि मुखियाको पदमा सरकारी सेवा प्रवेश गरेका झा अहिले नायब सुब्बामा बढुवा भएका छन् । ३६ वर्षको अवधिमा उनले तीन करोड ८५ लाख कमाएको अख्तियारले जनाएको छ । त्योमध्ये २ करोड २८ लाख भने वैध सम्पति ठहरिएको अख्तियार स्रोतले जानकारी दिएको छ ।

बाँकी एक करोड ५६ लाखको स्रोत नखुलेपछि अख्तियारले उनीविरूद्ध विशेषअदालतमा मुद्दा दायर गरिएको जनाइएको छ ।