You are here
Home > खेलकुद > खेलकुद एसीसी यू–१९ क्रिकेटः चीनलाई १० विकेटले पराजित गर्दै नेपालको शानदार जीत

खेलकुद एसीसी यू–१९ क्रिकेटः चीनलाई १० विकेटले पराजित गर्दै नेपालको शानदार जीत

१८ असार २०७६, बुधबार ११:४५

काठमाडौं-एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटमा नेपालले चीनविरुद्ध शानदार जीत दर्ता गरेको छ।  आज विहान भएको  खेलमा चीनलाई नेपालले १० विकेटले हरायो।

टस हारेर पहिले ब्याटिङ गरेको चीनले २३ ओभर १ बलमा सबै विकेट गुमाउँदै ५३ रन मात्रै बनायो। चीनका दुई खेलाडीको समान १३ रन नै सर्वाधिक रह्यो। अन्य कुनै खेलाडीले दोहोरो अंक बनाएनन्। चीनको पालीलाई ध्वस्त पार्न नेपालका सागर ढकालले ६ विकेट लिए भने  तिलक राजभण्डारीले ३ विकेट लिए भने कमलसिंह ऐरीले एक विकेट चट्काए।

५४ रनको झिनो लक्ष्यसहित मैदानमा आएको नेपालका ओपनरद्वय पवन शर्राफ र रित गौतमले पाँचै ओभरमै लक्ष्य भेट्टाए।  रित गौतमले १० रन बनाउँदा पवन शर्राफले ४६ रन बनाए उनले २१ बलको सामना गर्दै ६ चौका र तीन छक्का हिर्काए।  मलेसियामा जारी खेलमा नेपाल समूह ‘ए’ मा रहेको ५। नेपालको समूहमा नेपाल, सिंगापुर र चीन रहेका छन्। नेपालको समूहमा रहेको म्यानमारले अन्तिम समयमा नाम फिर्ता लिएपछि समूह ‘ए’ मा ३ टिम मात्र छन्।