You are here
Home > समाचार > सुडान घोटाला काण्डः पूर्व प्रहरी महानिरीक्षक ठकुरीद्धारा ‘आत्मसमर्पण’

सुडान घोटाला काण्डः पूर्व प्रहरी महानिरीक्षक ठकुरीद्धारा ‘आत्मसमर्पण’

१९ असार २०७६, बिहीबार २०:५८

काठमाडौं– सुडानको डार्फरस्थित मिसनमा बख्तरबन्दका सामान पठाउँदा अनियमितता गरेको आरोपमा दोषी ठहर पूर्व प्रहरी महानिरीक्षक रमेशचन्द ठकुरीले आज (बिहीबार) सर्वोच्च अदालतमा आत्मसमर्पण गरेका छन् ।

उनलाई सर्वोच्च अदालतबाट डिल्लीबजार कारागार पठाइने भएको छ । सर्वोच्च अदालतको फैसला पुनरावलोकनको प्रक्रियामा अघि बढेकाले थुनामा नबसी मुद्दाको सुनुवाई गर्न उनले दिएको निवेदन अस्वीकृत भएको थियो ।

सर्वोच्चले पूर्व प्रहरी महानिरीक्षकद्वय हेमबहादुर गुरुङ र रमेशचन्द ठकुरीमाथि एक वर्ष कैद र ४० हजार जरिवान फैसला भएको थियो ।

पूर्व प्रहरी महानिरीक्षक गुरुङ आपूर्ति नै नभएका स्पेयर पार्टस बापत समेत भुक्तानी दिएकोमा कसुरदार ठहरिएका छन् । यस्तै ठकुरीले खराव र गुणस्तरहिन सामान सप्लाई भएको जान्दा–जान्दै रकम भुक्तानी नरोकी विक्रेता कम्पनीलाई भुक्तानी दिने काम गरेकोमा समेत जिम्मेवार देखिएका छन् । सर्वोच्चले उनी मातहतका अन्य प्रहरी अधिकारीहरु पनि एपीसी खरिदमा कसुरदार ठहरिएका छन् ।

२०६८ साल फागुन १ गते विशेष अदालतले सुडान भ्रष्टाचार मुद्दाको फैसला गरेको थियो । फैसलामा चित्त नबुझाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग र प्रहरी अधिकारीहरु पुनरावेदनका लागि सर्वोच्च पुगेका थिए । २०६७ जेठ र असारमा चार जनाको पुनरावेदन निवेदन दायर भएकोमा चार वर्षपछि सुनुवाई शुरु भएको थियो ।