You are here
Home > खेलकुद > सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल विजयी

सिंगापुरलाई २१७ रनले पराजित गर्दै नेपाल विजयी

२० असार २०७६, शुक्रबार १४:५६

काठमाडौं– रित गौतमको ब्याटिङ र कुशल मल्लको बलिङमा नेपालले मलेसियामा जारी एसियाली क्रिकेट काउन्सिल (एसीसी) यु–१९ इस्टर्न रिजन क्रिकेटअन्तर्गत समूहगत चरणको आफ्नो अन्तिम खेलमा सिंगापुरलाई दुईसय १७ रनको भारी अन्तरले पराजित गरेको छ ।

यससँगै नेपाल प्रतियोगिताको समूह एको विजेता टोली पनि बनेको छ । नेपाल यसअघि नै प्रतियोगिताको सेमिफाइनलमा पुगिसकेको छ ।