You are here
Home > समाचार > प्रहरीका ६ एसपीको काज सरुवा, को कहाँ ?

प्रहरीका ६ एसपीको काज सरुवा, को कहाँ ?

२० असार २०७६, शुक्रबार २०:४२

काठमाडौं– नेपाल प्रहरीका ६ प्रहरी उपरीक्षक (एसपी) को काज सरुवा भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार श्यामकृष्ण अधिकारी महोत्तरी पठाइएको छ भने ओम अधिकारीलाई गोरखा पठाइएको छ । गोरखामा कार्यरत भोला रावललाई कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेत पठाइएको छ ।

एसपी रावलले बुधबार गण्डकी प्रदेश प्रहरी प्रमुख डीआईजी विनोद शर्मा घिमिरेलाई मदिरा सेवन गरेर आमाचकारी गाली गरेको समाचार सार्वजनिक भएको थियो । उनलाई कारवाही स्वरुप कर्णाली प्रदेश प्रहरी कार्यलयमा काज सरुवा गरिएका जनाएको छ ।

यस्तै, एसपी नवराज भट्ट बाग्लुङ, ईश्वर कार्की अपराध महाशाखा र कृष्णहरी शर्मा पोखरेललाई प्रहरी प्रधान कार्यालय मानवअधिकार शाखा सरुवा गरिएको छ ।