You are here
Home > राजनीति > १२ वडा कार्यालयमा विप्लवको तालाबन्दी

१२ वडा कार्यालयमा विप्लवको तालाबन्दी

२२ असार २०७६, आईतवार १२:०९

अछाम – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरेको छ। पार्टीको सेती महाकाली ब्युरोका नाममा पम्पलेट टासेर स्थानीय तहका वडाहरूमा तालाबन्दी गरिएको हो।

मंगलसेन नगरपालिकाको १ कुन्तीबण्डाली, १३ बस्ती, ढकारी गाउँपालिकाको वडानम्बर २ हिच्मा, तुर्माखाद गाउँपालिकाको वडा नम्बर २ भुलु र ७ तोषी, पञ्चदेवल विनायक नगरपालिकाको ९ कालेकाँडा, ८ बारला, ५ लयाँटी र ७ पुल्लेतोला तथा रामारोशन गाउँपालिकाको वडा नम्बर ३ शान्तडा, ४ बाटुलासैन र ६ भटाकाटियाका वडा कार्यालयमा तालाबन्दी गरिएको छ।

कालेकाडा र बारलाको वडा कार्यालय अगाडी नै प्रहरी चौकी छ। पार्टीको घोषित नीति अन्तर्गत असार २२ गते सरकारी कार्यालयमा तालाबन्दी गर्ने कार्यक्रम अनुरुप अछामका १२ वटा वडा कार्यालयमा तालाबन्दी गरिएको विप्लवका एक नेताले बताए।  

जिल्ला प्रहरी कार्यालय अछामका प्रहरी प्रमुख डीएसपी जनकबहादुर शाहीले अहिलेसम्म पञ्चदेवल विनायक नगरपालिकाको पुल्लेतोलास्थित वडा कार्यालयमा तालाबन्दी भएको खबर प्राप्त भएको र प्रहरी पठाएर ताला खोलिएको बताए।