You are here
Home > राजनीति > डडेल्धुराका वडा कार्यालयमा शंकास्पद वस्तु फेला

डडेल्धुराका वडा कार्यालयमा शंकास्पद वस्तु फेला

२२ असार २०७६, आईतवार १२:१४

डडेल्धुरा -डडेल्धुराका दुई स्थानमा आइतबार बिहान शंकास्पद वस्तु भेटिएको छ। परशुराम नगरपालिका वडा नं. ९ गाइबाधे र १० कुर्मुल्ले वडा कार्यालयमा शंकास्पद वस्तु भेटिएको हो । अज्ञात समूहले तालाबन्दी गरेर शंकास्पद वस्तु छाडेर गएको बताइएको छ ।

तालाबन्दीसँगै प्लाष्टिकमा बेरेर बमजस्तै देखिने शंकास्पद वस्तु राखेको अवस्थामा भेटिएको परशुराम नगरपालिका–९ का वडा अध्यक्ष रमेश बोहराले जानकारी दिए । शंकास्पद वस्तु भेटिएको जानकारी पाएपछि प्रहरी घटनास्थलतर्फ गएको छ ।

त्यसैगरी सोही नगरपालिको वडा ७ र ८ नम्बरमा पनि तालाबन्दी गरिएको छ । २२ गते नेत्रविक्रम चन्द ‘विप्लव’ समूहले अघोषित बन्द आह्वान गरेको छ ।