You are here
Home > राजनीति > सैनिक श्रीमती संघ खारेज गर्न सांसद भुसालको माग

सैनिक श्रीमती संघ खारेज गर्न सांसद भुसालको माग

२२ असार २०७६, आईतवार १६:२६

काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीकी सांसद पम्फा भुसालले सैनिक श्रीमती संघ खारेज गर्न माग गरेकी छन्।

आइतवार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै पूर्वमन्त्रीसमेत रहेकी भुसालले देश गणतन्त्रमा गइसकेपछि संविधान प्रतिकुल रहेका संघ र संगठनहरु खारेज गर्न माग गरेकी हुन्। प्रतिनिधिसभाको विषेश समयमा बोल्दै सांसद भुसालले राजतन्त्र रहँदा सामन्ती पितृसत्तावादी सोचका आधारमा स्थापित निकायहरु खारेज गर्न सरकारसँग माग गरेकी हुन् ।

उनले प्रधानसेनापतिबाट आफ्नी श्रीमतीलाई महारानी नभन्‍‍न दिएको निर्देशनको पनि उनले स्मरण गरिन्।