You are here
Home > समाचार > फैसला कार्यान्वयनका लागि सहयोग गर्न सर्वोच्च अदालतको आह्वान

फैसला कार्यान्वयनका लागि सहयोग गर्न सर्वोच्च अदालतको आह्वान

२२ असार २०७६, आईतवार १६:४५

काठमाडौं– सर्वोच्च अदालतले अदालतको फैसला कार्यान्वयनका लागि सम्बन्धित सबै पक्षलाई सहयोग गर्न आह्वान गरेको छ ।

सर्वोच्च अदालतका मुख्य रजिष्ट्रार नृपध्वज निरौलाले अदालतको फैसला कार्यान्वयन अपेक्षा अनुसार हुन नसकेको स्विकार गर्दै त्यसलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान, नागरिक समाज, सुरक्षा निकाय, स्थानीय सरकार सबैलाई सहयोग गर्न आह्वान गर्नु भएको हो ।

आइतबार काठमाडौंमा आयोजित फैसला कार्यान्वयनसम्बन्धी एक दिवसीय अन्तर्क्रिया कार्यक्रममा बोल्दै निरौलाले फौजदारी मुद्दाको फैसला कार्यान्वयन अपेक्षित हुन नसकेको उल्लेख गर्दै त्यसलाई प्रभावकारी बनाउन सबै पक्षको सहकार्यको जरुरी रहेको पनि बताए ।

मुख्य रजिष्ट्रार निरौलाले फैसला कार्यान्वयनका लागि सर्वोच्च अदालत भित्र फैसला कार्यान्वयन निर्देशनालय गठन गरेको स्मरण गराउँदै त्यसको कामलाई प्रभावकारी बनाउने काममा पनि सरोकारवाला सबैको सहकार्यबाट मात्रै सम्भव हुने पनि स्पष्ट पारे ।