You are here
Home > समाचार > अफगानिस्तानमा कार बम विष्फोट, १२ जना मारिए, १७९ घाइते

अफगानिस्तानमा कार बम विष्फोट, १२ जना मारिए, १७९ घाइते

२२ असार २०७६, आईतवार २०:४५

घाज्नी– अफगानिस्तानको पूर्वी क्षेत्रमा भएको विष्फोटनको घटनामा परी कम्तीमा १२ जना मारिएका छन् ।

कतारमा अफगानिस्तानको द्वन्द्व अन्त्य गर्ने बारेमा शान्तिवार्ता भइरहेका बेला अफगानिस्तानमा पछिल्लो समय धेरै विष्फोटनका घटना भइरहेका छन् । आइतबार भएको विष्फोटन पनि त्यसैको श्रृङ्खला भएको र विष्फोटनमा परी अरु कैयौं घाइते भएको जनाइएको छ । गुप्तचरसम्वन्धी एक कार्यालय नजिकै विष्फोटन भएको हो ।

अमेरिकी सहजकर्ताको समन्वयमा अफगानिस्तानी प्रतिनिधि र तालिवान लडाकूको पक्षबीचमा दोहामा शान्तिवार्ता भइरहेको छ । अफगानिस्तानमा १८ बर्षदेखि जारी द्वन्द्व समाधानका लागि अमेरिकाले प्रयास गरेपनि खासै उपलब्धी हुन भने सकेको छैन ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता वाहिडुल्लाह मायरले १२ जनाको मृत्यु भएको र १७९ घाइते भएको जानकारी दिए । घाइतेमध्ये अधिकांश सर्वसाधारण र बालबालिका रहेका छन् । एएफपी