You are here
Home > समाचार > भारतमा बस नालीमा पल्टिदा २९ जनाको मृत्यु

भारतमा बस नालीमा पल्टिदा २९ जनाको मृत्यु

२३ असार २०७६, सोमबार १०:१६

काठमाडौं-भारतको उत्तरप्रदेशस्थित आगरामा एउटा बस नालीमा पल्टिना २९ जनाको मृत्यु भएको छ । यमुना एक्सप्रेसको सो बस दिल्लीबाट लखनउ जाने क्रममा आगरामा दुर्घटना भएको हो । सो दुर्घटनामा परी अन्य दुई दर्जन घाइते भएका छन् ।

दुर्घटनास्थलमा बसबाट सबै यात्रुको शब बाहिर निकालिसकिएको र घाइतेहरुका उपचारका लागि अस्पताल पठाएको अधिकारीहरुले जानकारी दिएका छन् ।

आगराका प्रमुख जिल्ला अधिकारीले बसमा सवार २९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले घटनाप्रति दुःख व्यक्त गरेका छन् । उनले घाइतेहरुलाई तत्काल स्वास्थ्य सेवा उपलब्ध गराउन निर्देशन दिएका छन् ।