You are here
Home > राजनीति > प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित

२४ असार २०७६, मंगलवार १६:३९

काठमाडौं -प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।

प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहितका दलका सांसदहरुले नाराबाजी गर्दै रोष्टम घेरेपछि १५ मिनेटका लागि स्थगित भएको बैठक त्यसपछि बस्न सकेन । संसद सचिवालयले सूचना टाँस गरेर स्थगित भएको जनाएको छ ।

प्रतिनिधिसभाको अर्को बैठक बुधबार १ बजेसम्मका स्थागित भएको छ ।

मंगलबार बिहानको बैठकमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ता कुमार पौडेल मारिएको घटनाबारे गृहमन्त्री रामबहादुर थापाले दिएको जवाफ चित्त नबुझेको र घटनाको छानबिनका लागि संसदीय समिति बनाउन माग गर्दै विपक्षी सांसदहरु रोष्टम घेरेका थिए ।