You are here
Home > राजनीति > प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

प्रधानमन्त्री ओलीलाई राष्ट्रिय परिचयपत्र

२४ असार २०७६, मंगलवार १६:५३

काठमाडौं -प्रधानमन्त्री केपी ओलीले पनि राष्ट्रिय परिचयपत्र लिनु भएको छ ।

प्रधानमन्त्री केपी ओलीलाई राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक दिपक काफ्लेले मंगलबार बिहान प्रधानमन्त्री निवासमै एक कार्यक्रमको आयोजना गरी राष्ट्रिय परिचय पत्र दिनुभएको हो ।

त्यस अवसरमा प्रधानमन्त्री पत्नी राधिका शाक्यलाई पनि राष्ट्रिय परिचयपत्र दिइएको छ । त्यसैगरी विभागले बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि राष्ट्रिय परिचय पत्र वितरण गर्ने कार्यक्रम रहेको जनाएको छ ।

विभागका महानिर्देशक काफ्लेले पहिलो चरणमा १ लाख १७ हजार नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिएको जानकारी गराउनुभयो । उहाँले आगामी दुई वर्ष भित्र सबै नागरिकलाई राष्ट्रिय परिचय पत्र वितरण गरिसक्ने प्रतिवद्धता पनि व्यक्त गर्नुभयो ।

संवैधानिक व्यवस्था अनुसार व्यक्तिको पहिचानलाई सुनिश्चित गर्न र उनीहरुलाई सरकारी सेवामा लिने आधारको रुपमा राष्ट्रिय परिचय पत्र वितरणको कामलाई सरकारले अघि बढाएको हो ।