You are here
Home > समाचार > शिक्षकको कुटाईबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु

शिक्षकको कुटाईबाट कञ्चनपुरमा एक विद्यार्थीको मृत्यु

२५ असार २०७६, बुधबार ०९:५८

कञ्चनपुर-कञ्चनपुरको एक निजी स्कुलका शिक्षकको कुटाईबाट विद्यार्थीको मृत्यु भएको छ । शिक्षकको कुटाईबाट घाईते भीमदत्त नगरपालिका–१७ मझगाउँको महाकाली बाल विद्यालयका विद्यार्थी माधव कलौनी उपचारका क्रममा मृत्यु भएको हो ।

विद्यालयबाहिर साथीभाइसँग झै–झगडा गरेको विषयमा प्रधानाध्यापक यशोदा जोशी, शिक्षकद्वय लक्ष्मणदत्त भट्ट र दुर्गादत्त पाठकको कुटाईबाट गम्भीर घाईते कलौनीको भारतमा उपचार भईरहेको थियो ।  नौ कक्षामा अध्ययनरत कलौनीको टाउको, छातीमा चोट लाग्नुका साथै दायाँखुट्टा भाँचिएको थियो । नेपालगन्ज शिक्षण अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचार लागि उनका परिवारले भारतको राममुर्ती मेडिकलमा लगेका थिए । माधबको मंगलबार राति उपचारका क्रममा मेडिकलमा मृत्यु भएको हो ।

विद्यार्थीको मृत्युपछि जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले चार जना शिक्षकलाई नियन्त्रणमा लिएको छ ।