You are here
Home > समाचार > भोजपुरमा सुरक्षा व्यवस्था कडा पारियो

भोजपुरमा सुरक्षा व्यवस्था कडा पारियो

२५ असार २०७६, बुधबार ११:०५

भोजपुर-भोजपुरमा प्रहरी र नेत्र विक्रम चन्द ‘विप्लव’ समूहका कार्यकर्ताबीच भएको भिडन्तमा एक प्रहरीसहित दुई जनाको मृत्यु भएपछि त्यहाँको सुरक्षा व्यवस्था कडा बनाईएको छ ।

प्रदेश नम्बर १ प्रहरीले थप मदतका लागि प्रहरीको टोली पठाएको छ । भोजपुरको सदरमुकामस्थित शनिबारे हटिया लाग्ने स्थानमा विप्लव नेतृत्वको कार्यकर्ताले प्रहार गरेको गोली लागेर प्रहरी जवान सञ्जिव राईको मृत्यु भएको हो । प्रहरीले गोली चलाउँदा विप्लव कार्यकर्ता नीरकुमार राईको पनि मृत्यु भएको छ ।