You are here
Home > प्रशासन > विषादी परीक्षणबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

विषादी परीक्षणबारे मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न सर्वोच्चको आदेश

२५ असार २०७६, बुधबार १९:१३

काठमाडौं– सर्वोच्च अदालतले भारतबाट निकासी हुने तरकारी र फलफूलमा विषादी परीक्षण फिर्ता लिने मन्त्रिपरिषको निर्णय कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।

न्यायाधीश डा. आनन्दमोहन भट्टराईको एकल इजलासले मन्त्रिपरिषदको १८ असारको निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो । सरकारले भारतबाट नेपाल आउने तरकारी र फलफूलमा विषादी परीक्षण गर्ने निर्णय उल्टाउँदै विषादी जाँच नगर्ने निर्णय गरेको थियो ।

अहिले सरकारको निर्णयसँगै धमाधम भारतीय तरकारी र फलफूल बिना परीक्षण नेपाल भित्रिइरहेका छन् । सरकारले भारतको दवावमा विषादी परीक्षण गर्ने आफ्नै निर्णय उल्टाएको थियो।