You are here
Home > समाचार > आदिवासी भिडन्तमा चौबीस जना मारिए

आदिवासी भिडन्तमा चौबीस जना मारिए

२६ असार २०७६, बिहीबार ०९:४३

पोर्ट मोस्र्वी-पपुवा न्यु गिनीको उच्च पहाडी क्षेत्रमा भएको आदिवासीहरूको आम नरसंहारमा बालबालिका तथा महिला लगायत कम्तीमा चौबिस जना मारिएको स्थानीय सरकारी अधिकारीहरूले बुधवार बताएका छन् ।

हेला प्रान्तमा केही दिन यता प्रतिद्वन्द्वी आदिवासी समूहबिच भएको हिंसात्मक भिडन्तमा अन्य थुप्रै व्यक्ति घाइते भएका छन् । केही घाइतेको सङ्ख्या निकै गम्भीर रहेकाले मृतकको संख्या बढ्न सकेन बताइएको छ । प्रधानमन्त्री जेमस मारापेले उक्त आम नरसंहारको घटना आफ्नो जीवनकालकै सबैभन्दा दुखद रहेको बताउँदै पीडक तथा दोषीहरूलाई पक्राउ गरी कारबाही गरिने प्रतिबद्धता जनाएका छन् । वर्षौँ पछिको पपुवा न्यु गिनीको यो सबैभन्दा डरलाग्दो आदिवासी हिंसा मध्ये एक हो ।

हेलाका गभर्नर फिलिप उन्डीआलुले यो हत्याकाण्ड वर्षौं देखि चल्दै आएको हिंसाकै एक अंश रहेको जानकारी दिएका छन् । उनले बदलाको भावनामा अचानक गरिएका आक्रमणमा विशेष गरी निर्दोष मानिसहरू परेको बताएका छन् । भूमि तथा प्राकृतिक श्रोतको वितरणलाई लिएर लामो समय देखि पपुवा न्यु गिनीमा विभिन्न आदिवासी समूहबिच भिडन्त हुँदा आएको छ ।एजेन्सी