You are here
Home > समाचार > डिएसपी हुँ भन्दै हिड्ने काठमाडौंबाट पक्राउ

डिएसपी हुँ भन्दै हिड्ने काठमाडौंबाट पक्राउ

२६ असार २०७६, बिहीबार १९:४८

काठमाडौं- प्रहरीले आफूलाई नेपाल प्रहरीको प्रहरी नायव उपरीक्षक (डिएसपी) भन्दै हिड्ने व्यक्तिलाई पक्राउ गरेको जनाएको छ ।

प्रहरीका अनुसार धादिङ धुनिबेसी नगरपालिका–२ का ३८ वर्षीय राजेन्द्र प्रसाद लुइटेललाई महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । प्रहरीले लुइटेल भगौडा प्रहरी भएको पनि बताएको छ ।