You are here
Home > राजनीति > विप्लव समुहका नेता नेकपामा प्रवेश

विप्लव समुहका नेता नेकपामा प्रवेश

२६ असार २०७६, बिहीबार १९:५७

ललितपुर – विप्लव समुहका मेची–कोशी ब्यूरो इन्चार्ज एक दर्जन नेता तथा कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा प्रवेश गरेका छन् ।

पार्टी प्रवेश गर्ने नेता तथा कार्यकर्तालाई स्वागत गर्दै अध्यक्ष प्रचण्डले नेपालमा एउटै शक्तिशाली कम्युनिष्ट पार्टी बनाउने र नयाँ परिस्थितिको आवश्यकता अनुसार विचार राजनीतिकलाई परिमार्जित गरेर संसारलाई नयाँ समाजवादको मोडेल दिने नेतृत्वको सपना भएको बताए ।

अध्यक्ष दाहाललले बाँकी रहेका सबै कम्युनिष्ट पार्टी र समुहहरु एक जुट भई यो महान् उद्देश्य पुर गर्न लाग्नु पर्ने धारणा राखे । ‘कम्युनिष्ट पार्टीको झण्डा मुनी रहेका साथीहरुलाई केन्द्रित गर्नुपर्छ र एउटै बलियो केन्द्र बनाउनुपर्छ अनि मात्रै सामाजिक रुपान्तरण, विकास र समृद्धि तिर देशलाई लैजान सकिन्छ ।’

अध्यक्ष दाहालले कम्युनिष्ट आन्दोलनमा लामो समय योगदान गरेका बरिष्ठ नेताहरुलाई पनि नेकपामा आउन आव्हान गर्दै उहाँहरुको योगदानको कदर नेकपामा हुने बताए ।